
ज्यान मार्ने मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले अस्पतालको बेडमै बसेर भगवानले आफूलाई न्याय दिएको प्रतिक्रिया दिएका छन्। माइतीघरस्थित अन्तपूर्ण न्युरो अस्पतालको सघन उपचार कक्ष आइसियुमा मस्तिष्काघातका कारण भर्ना भएका आलमले भनेका छन्,
“जब मैले सफाइ पाएँ, मलाई भगवानले – जा तँ अब संगठन बना, चुनावमा उठ, जेमा उठ्नु छ उठ।”भनेर न्याय दिएको प्रतिक्रिया दिएका छन् ।
गत बुधबार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासबाट सफाइ पाएर जेलमुक्त भएका आलमलाई बिहीबार बिहान ७ बजे मस्तिष्कघात भएको थियो र अहिले उनको गम्भीर अवस्थामा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ।
तर, केही दिनअघि अस्पताल भर्ना हुँदा पनि उनी मानसिक रूपमा अस्थिर देखिएका थिए।
अस्पताल स्रोतका अनुसार आइसियुमै रहेका आलमले बारम्बार “मैले मान्छे मारेकै हो” भन्दै बरबराइरहेका थिए ।
अस्पतालका एक स्रोतका अनुसार,
“उनले नर्सहरूलाई समेत ‘तिमीहरू के गर्न सक्छौ’ भन्दै गाली गरेका रहेछन्। ‘कति जना मारेँ, कसरी मारेँ’ भन्ने कुरा बरबराइरहेको अस्पताल स्रोतले बताएको छ ।
राजपुर घटनामा जिउँदै मानिस इँटाभट्टामा जलाएर मारेको आरोप लागेका आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो। तर, उच्च अदालतले उनि सहित अन्य तीन अभियुक्तलाई सफाइ दिएको थियो।
आलमसहितका अभियुक्तहरू २०६४ सालको निर्वाचनमा बम विस्फोटमा घाइते भएकालाई आलमकै इँटाभट्टामा लगेर जलाएको अभियोगमा दोषी ठहर भएका थिए।
१२ वर्षपछि, २०७६ सालको असोज २६ गते पक्राउ परेका आलम हाल सफाइ पाएर जेलमुक्त भए पनि मानसिक तनाव र मस्तिष्काघातको कारण अस्पतालको आइसियुमा उपचाररत छन्