
भारतको आधुनिक रक्षा शक्तिको रूपान्तरण प्रधानमन्त्री नरेन्द्र मोदीले “मेक इन इन्डिया” अभियान शुरू गरेपछि सन् २०१४ बाट शुरू भयो । जसको उद्देश्य विदेशी हतियार आयातमा निर्भरता घटाउन र विश्वस्तरीय स्वदेशी रक्षा उद्योग निर्माण गर्नु थियो । यो नीतिले संयुक्त उद्यमहरूलाई प्रोत्साहन दियो, रक्षा क्षेत्रमा ७४ प्रतिशतसम्म विदेशी प्रत्यक्ष लगानीको ढोका खोल्यो र सार्वजनिक तथा निजी क्षेत्रका निर्माताहरूलाई देशमै उन्नत सैन्य उपकरण बनाउन प्रेरित गर्यो । केही वर्षमै ब्रह्मोस मिसाइल, के–९ वज्र हाउइट्जर र एके–२०३ राइफलजस्ता प्रणालीहरू भारतमै उत्पादन हुन थाले । यी धेरैजसो प्रणालीहरू प्राविधिक साझेदारीमा बने, तर स्वदेशी नियन्त्रण बिस्तारै बढ्दै गयो ।
सन् २०२० मा कोभिड–१९ महामारी र गलवान उपत्यकामा चीनसँगको तनावले विदेशी आपूर्ति शृंखलाको कमजोरी र सैन्य आत्मनिर्भरताको आवश्यकता उजागर गर्यो । जवाफमा, प्रधानमन्त्री मोदीले “आत्मनिर्भर भारत” अभियान शुरू गरे । यो केवल आर्थिक नीति थिएन, यो राष्ट्रिय सुरक्षा सिद्धान्त बन्यो । भारतले प्रमुख रक्षा आयातमा चरणबद्ध प्रतिबन्ध लगायो, सशस्त्र बललाई आपतकालीन खरिदको अधिकार दियो र स्वदेशी अनुसन्धान, डिजाइन र उत्पादनमा ठूलो लगानी गर्यो । सन् २०२५ सम्ममा रक्षा खरिदमा स्वदेशी सामग्री ३० प्रतिशतबाट बढेर ६५ प्रतिशत पुग्यो । दशकको अन्त्यसम्म ९० प्रतिशतको लक्ष्य राखिएको छ ।
यो अभियानको कठिन परीक्षा सन् २०२५ को अप्रिल २२ मा भयो । पाकिस्तान समर्थित आतंककारीहरूले जम्मू–कश्मीरको बैसारन उपत्यकामा आक्रमण गरे, जसमा २६ नागरिकको ज्यान गयो । जवाफमा, भारतले अपरेशन सिन्दूर शुरू गर्यो । यो द्रुत र बहुक्षेत्रीय सैन्य अभियानले सीमापार रहेका आतंकवादी सञ्जालहरूलाई ध्वस्त पार्यो र भारतको रक्षा रूपान्तरणको शक्ति प्रमाणित गर्यो ।
अपरेशन सिन्दूरले भारतका स्वदेशी हतियार प्रणालीहरूलाई पाकिस्तानले प्रयोग गरेका चिनियाँ हतियारहरूसँग तुलना गर्यो । भारतले युद्धक्षेत्रमा मात्र जितेन, प्रविधिको कसौटीमा पनि विजयी भयो । यो केवल प्रतिशोध थिएन, यो “मेक इन इन्डिया” र “आत्मनिर्भर भारत” सिद्धान्तहरूमा आधारित स्वदेशी हतियारहरूको रणनीतिक प्रदर्शन थियो ।
भारतको शस्त्रागारः स्वदेशी र युद्ध–परीक्षित
ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलः रूससँगको सहकार्यमा विकसित भए पनि मुख्यतः भारतमै निर्मित यो मिसाइल विश्वकै सबैभन्दा छिटो र सटीक क्रूज मिसाइलहरू मध्ये एक हो । म्याक २.८ देखि ३.० को गतिमा उड्ने र २९० देखि ५०० किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने यो मिसाइलले रडार स्टेशन र कठोर बंकरजस्ता उच्च–मूल्यका लक्ष्यहरू ध्वस्त पार्यो । यसको तीव्र गति र कम रडार क्रस–सेक्शनले यसलाई रोक्न लगभग असम्भव बनायो ।
आकाश सतह–देखि–हवाई मिसाइल प्रणालीः रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र भारत डायनामिक्सले बनाएको यो प्रणाली सबै मौसममा काम गर्ने मोबाइल हवाई रक्षा प्रणाली हो । यसको दायरा २५ देखि ३० किलोमिटर छ । यो कृत्रिम बुद्धिमत्ता (एआई)–आधारित हवाई रक्षा नेटवर्कसँग जोडिएको छ, जसले ड्रोन, क्रूज मिसाइल र विमानजस्ता हवाई खतराहरूलाई वास्तविक समयमा समन्वयित रूपमा जवाफ दिन सक्यो ।
रुद्रम–१ मिसाइलः यो भारतको पहिलो स्वदेशी एन्टि–रेडिएसन मिसाइल हो, जसले शत्रुका रडार उत्सर्जनलाई लक्षित गरी हवाई रक्षा नेटवर्क निष्क्रिय गर्छ । अपरेशन सिन्दूरमा यसले नियन्त्रण रेखाका प्रमुख क्षेत्रहरूमा पाकिस्तानी रडारहरूलाई निष्क्रिय बनायो र उनीहरूको परिस्थितिगत जागरूकता कमजोर पार्यो ।
नेत्रा हवाई प्रारम्भिक चेतावनी र नियन्त्रण प्रणालीः डीआरडीओले एम्ब्रेर प्लेटफर्ममा बनाएको यो स्वदेशी हवाई निगरानी प्रणालीले शत्रुका विमान र मिसाइलहरूको वास्तविक समयमा ट्र्याकिङ गर्छ । यसले भारतीय जेटहरूलाई गहिरो प्रहारका लागि मार्गदर्शन गर्यो । पाकिस्तानको स्विडिश साब २००० हवाई चेतावनी प्रणाली लामो दूरीको मिसाइलद्वारा नष्ट हुँदा यसको प्रभावकारिता स्पष्ट भयो ।
स्काइस्ट्राइकर र हारोप लोइटरिङ म्युनिसन्सः यी सटीक–निर्देशित “कामिकाजे” ड्रोनहरू युद्धक्षेत्रमा घुम्छन् र शत्रुका लक्ष्यमा प्रहार गर्छन् । हारोप इजरायल एयरोस्पेस इन्डस्ट्रिज र भारत इलेक्ट्रोनिक्स लिमिटेडको सहकार्यमा बनाइएको हो, भने स्काइस्ट्राइकर एल्बिटसँगको संयुक्त उद्यममार्फत भारतमै भेला गरिएको हो । यी ड्रोनहरूले मोबाइल रडार, काफिला र शत्रुका महत्वपूर्ण संरचनाहरूलाई न्यूनतम क्षतिमा नष्ट गरे ।
डिफोरएसः भारतको डिफोरएस काउन्टर–ड्रोन प्रणाली रडार, रेडियो फ्रिक्वेन्सी ज्यामर, इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड सेन्सर हतियारहरूको संयोजन हो । यसले चिनियाँ–निर्मित पाकिस्तानी ड्रोनहरूलाई निष्क्रिय गर्यो । यो प्रणालीले भारतको प्रतिक्रियाशील हवाई रक्षाबाट सक्रिय इलेक्ट्रोनिक युद्ध प्रभुत्वमा सर्ने क्षमता देखायो ।
एम–७७७ अल्ट्रा–लाइट हाउइट्जरः यो अमेरिकाबाट आयात गरिएको हो, तर भारतीय पहाडी युद्ध रणनीतिका लागि अनुकूलित छ । यसले नियन्त्रण रेखा पार नगरी आतंकवादी शिविरहरूमा एक्सक्यालिबर सटीक गोला प्रयोग गरेर प्रहार गर्यो । यसको हल्कापन र द्रुत तैनातीले उच्च–उचाइका क्षेत्रमा प्रभावकारी बनायो ।
भारतले अपग्रेड गरिएका टी–७२ मुख्य युद्ध ट्यांकहरू नियन्त्रण रेखामा निगरानीका लागि तैनाथ गर्यो । हिमाली भू–भागका लागि अनुकूलित जोरावर लाइट ट्यांक विकासको क्रममा छ । यी ट्यांकहरूले भारतको गतिशीलता र युद्धक्षमता प्रदर्शन गरे ।
राफाल, एसयू–३० एमकेआई र मिराज २००० जस्ता उन्नत लडाकु विमानहरुले अपरेशन सिन्दूरमा महत्वपूर्ण भूमीका खेले । फ्रान्सेली राफालले स्काल्प लामो दूरीका क्रूज मिसाइलहरु प्रयोग गरेर शत्रुका सुदृढ स्थानहरुमा गहिरो प्रहार गर्यो ।
यी लडाकु विमानमा जडित मिसाइलले १०० किलोमिटर टाढाका लक्ष्य प्रहार गर्न सक्थे । यो क्षमताले भारतलाई हवाई युद्धमा ठूलो फाइदा दियो । भारतमा लाइसेन्स अन्तर्गत निर्मित रूसी डिजाइनको एसयू–३० एमकेआई र फ्रान्सेली मिराज २००० ले बहु–प्रहार अभियान सञ्चालन गरे र हवाई नियन्त्रण सुनिश्चित गरे । यी विमानहरू नेत्रा हवाई चेतावनी प्रणालीको सुरक्षात्मक छातामुनि उडे, जसले युद्धक्षेत्रको समन्वय र शत्रु गतिविधिको निगरानी गर्यो । रुद्रम मिसाइलहरूले शत्रुका रडार र हवाई रक्षा प्रणाली निष्क्रिय बनाएर सुरक्षित हवाई सञ्चालन सुनिश्चित गरे ।
पाकिस्तानको शस्त्रागार चिनियाँ र अन्य विदेशी प्रणालीहरूमा निर्भर थियो, र ती युद्धमा असफल सावित भए । जेएफ–१७ थन्डर विमान पाकिस्तानमा उत्पादित भए पनि चीनको चेङ्दु एयरोस्पेसद्वारा डिजाइन र निर्मित हुन् । चिनियाँ एभियोनिक्स, रडार र इन्जिनमा निर्भर छ यो विमान । यो विमान भारतीय इलेक्ट्रोनिक युद्ध र हवाई रक्षा प्रणालीको दबाब अगाडि टिक्न सकेन ।
अमेरिकी एफ–१६ विमानहरू, जुन प्राविधिक रूपमा जेएफ–१७ भन्दा उत्कृष्ट थिए, तर, अमेरिकी प्रयोग–प्रतिबन्धका कारण भारतविरुद्ध यीनको प्रयोग हुन सकेनन् ।
चिनियाँ एचक्यू–८० र एफडी–९० हवाई रक्षा प्रणालीहरूले भारतका कम–उचाइका ड्रोन र सटीक हतियार रोक्न सकेनन् । यसले पाकिस्तानलाई निष्क्रिय रक्षामा सीमित गर्यो । पाकिस्तानले प्रयोग गरेका चिनियाँ सीएच–४ ड्रोनहरू, जुन निगरानी र हल्का प्रहारका लागि थिए, भारतीय डिफोरएस प्रणालीले सजिलै नष्ट वा जाम गर्यो । यी ड्रोनहरूले भारतको प्रभुत्व रहेको भू–भाग र इलेक्ट्रोनिक वातावरणमा कमजोर प्रदर्शन गरे । पाकिस्तानले ड्रोन सञ्चालनका लागि टर्कीका अपरेटरहरू ल्याउनुपरेको खबरले उसको उपकरण र जनशक्तिमा परनिर्भरता स्पष्ट गर्यो । स्वीडेनबाट प्राप्त पाकिस्तानको प्रमुख हवाई चेतावनी प्रणाली साब २०००, भारतको एस–४०० प्रणालीले नष्ट गर्यो । यो घटनाले पाकिस्तानको हवाई क्षेत्रको कमान्ड–नियन्त्रण क्षमता अपाङ्ग बनायो ।
अभियानको अन्त्यसम्ममा, पाकिस्तानले आफ्ना प्रमुख रडार स्टेशनहरू, मुख्य हवाई चेतावनी विमान, दर्जनौं ड्रोनहरू र भारतीय हवाई क्षेत्रमा प्रतिस्पर्धा गर्ने क्षमता गुमायो । भारतले एक सार्वभौम शक्तिको रूपमा लड्यो, जसले आफैंले डिजाइन गरेका, बनाएका र तैनाथ गरेका सटीक हतियारहरू प्रयोग गरेर युद्धक्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्यो । पाकिस्तान चिनियाँ हतियारहरूमा भर पर्यो, पाकिस्तानले ति युद्ध सामाग्रि निर्यातका लागि बनाएको थियो, यद्धमा उत्कृष्ट प्रदर्शनका लागि होईन । त्यसकारण पाकिस्तानको चिनियाँ रक्षा, सैन्य प्रणालीहरूले युद्धको चुनौती सामना गर्न सकेनन्, र इस्लामाबादको रक्षा रणनीतिको कमजोरी उजागर भयो ।
विश्व बजारले यो नतिजालाई नजिकबाट नियाल्यो । भारतीय रक्षा कम्पनीहरूको सेयर बजारमा उछाल आयो । पारस डिफेन्स एन्ड स्पेसको सेयर मे २०२५ मा ४९ प्रतिशतले ले बढ्यो, र एचएएल टेक्नोलोजी र डाटा प्याटन्र्सले लगानीकर्ताको विश्वास जिते । यसको विपरीत, चिनियाँ रक्षा कम्पनीहरू चेङ्दु एयरोस्पेस, लियानयुन्गाङ र एविकको सेयर मूल्यमा तीव्र गिरावट आयो । युद्धक्षेत्रमा उनीहरूका हतियारहरूको कमजोरीले तिनका प्रचारहरूलाई गलत साबित गर्यो ।
अपरेशन सिन्दूर केवल सैन्य अभियान थिएन । यो प्राविधिक सामर्थ्यको प्रदर्शन, बजारका लागि संकेत र रणनीतिक आत्मनिर्भरताको खाका थियो । भारतले विश्वलाई देखायो कि आधुनिक युद्धमा आत्मनिर्भरता कस्तो हुन्छ । यो अभियानले “आत्मनिर्भर भारत” सिद्धान्त युद्धको आगोमा पनि बलियो र प्रभावकारी छ भन्ने प्रमाणित गर्यो ।
नेत्रा हवाई प्रारम्भिक चेतावनी र नियन्त्रण प्रणाली
रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले एम्ब्रेर प्लेटफर्ममा बनाएको नेत्रा भारतको स्वदेशी हवाई चेतावनी र नियन्त्रण प्रणाली हो । यसले शत्रुका विमान र मिसाइलहरूलाई वास्तविक समयमा ट्र्याक गर्यो र भारतीय जेटहरूलाई सटिक प्रहारका लागि मार्गदर्शन गर्यो । यसको प्रभावकारिता तब स्पष्ट भयो, जब पाकिस्तानको स्विडिश साब २००० हवाई चेतावनी विमान भारतको लामो दूरीको मिसाइलद्वारा नष्ट भयो ।
लोइटरिङ म्युनिसन्स
भारतले हारोप र स्काइस्ट्राइकर ड्रोनहरू तैनाथ गर्यो । यी सटीक–निर्देशित “कामिकाजे” ड्रोनहरू युद्धक्षेत्रमा घुम्छन् र शत्रुका लक्ष्यमा सिधै प्रहार गर्छन् । हारोप इजरायल एयरोस्पेस इन्डस्ट्रिज र भारत इलेक्ट्रोनिक्स लिमिटेडको सहकार्यमा इजाजतपत्र अन्तर्गत निर्मित हो । स्काइस्ट्राइकर भने एल्बिटसँगको संयुक्त उद्यममार्फत भारतमै असेम्बल गरिएको हो । यी ड्रोनहरूले मोबाइल रडार, काफिला र शत्रुका महत्वपूर्ण संरचनाहरूलाई न्यूनतम क्षतिमा नष्ट गरे ।
डिफोरएस काउन्टर–ड्रोन प्रणाली
यो स्वदेशी बहु–तह ड्रोन रक्षा प्रणाली रडार, रेडियो फ्रिक्वेन्सी ज्यामर, इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड सेन्सर तथा गतिज हतियारहरूको संयोजन हो । भारतको ड्रोन डिटेक्ट, डिटर र डिस्ट्रोय (डिफोरएस) प्रणालीले दर्जनौं चिनियाँ–निर्मित पाकिस्तानी ड्रोनहरूलाई निष्क्रिय गर्यो । यो प्रणालीले प्रतिक्रियात्मक हवाई रक्षाबाट सक्रिय इलेक्ट्रोनिक युद्ध प्रभुत्वमा भारतको सङ्क्रमण देखायो ।
एम–७७७ अल्ट्रा–लाइट हाउइट्जर
अमेरिकाबाट आयातित यो हाउइट्जर भारतीय पहाडी युद्ध रणनीतिका लागि अनुकूलित छ । यसले नियन्त्रण रेखा पार नगरी आतंकवादी शिविरहरूमा एक्सक्यालिबर सटीक–निर्देशित गोला प्रयोग गरेर प्रहार गर्यो । यसको हल्कापन र द्रुत तैनाथीले उच्च–उचाइका क्षेत्रमा प्रभावकारी बनायो ।
टी–७२ मुख्य युद्ध ट्यांक र जोरावर लाइट ट्यांक
भारतले नियन्त्रण रेखामा निगरानीका लागि अपग्रेड गरिएका टी–७२ ट्यांकहरू तैनाथ गर्यो । हिमाली भू–भागका लागि अनुकूलित जोरावर लाइट ट्यांक विकासको क्रममा छ । यी प्रणालीहरूले चुनौतीपूर्ण हिमाली क्षेत्रमा भारतको गतिशीलता र अग्निशक्तिको निरन्तर लगानी देखाउँछन् ।
हवाई प्लेटफर्महरूः राफाल, एसयू–३० एमकेआई, मिराज २०००
भारतले अपरेशन सिन्दूरमा आफ्ना सबैभन्दा उन्नत लडाकु विमानहरू तैनाथ गर्यो । फ्रान्समा निर्मित राफाल बहु–भूमिका विमानले स्काल्प लामो दूरीका क्रूज मिसाइलहरू प्रयोग गरेर शत्रुका सुदृढ स्थानहरूमा गहिरो प्रहार गर्यो । यसले उल्का हावा–हावामा मिसाइलहरू बोकेको थियो, जसले १०० किलोमिटरभन्दा टाढाका लक्ष्य प्रहार गर्न सक्थे । यसले भारतलाई हवाई युद्धमा निर्णायक अग्रता दियो ।
रूसको डिजाइनमा आधारित र भारतमा लाइसेन्स अन्तर्गत निर्मित एसयू–३० एमकेआई दुई–इन्जिन सहितको लडाकु विमान र फ्रान्सेली मिराज २००० ले हवाई क्षेत्रमा भारतको नियन्त्रण कायम राखे । यी जेटहरू नेत्रा हवाई चेतावनी प्रणालीको सुरक्षात्मक छातामुनि उडे, जसले आकाशमा आँखाको काम गर्यो । यसले शत्रुका विमान ट्र्याक गर्यो र युद्धक्षेत्रको समन्वय गर्यो । रुद्रम एन्टि–रेडिएसन मिसाइलहरूले शत्रुका रडार र हवाई रक्षा प्रणालीहरू निष्क्रिय बनाएर सुरक्षित हवाई सञ्चालन सुनिश्चित गरे ।
पाकिस्तानको शस्त्रागारः चिनियाँ प्रणाली र रणनीतिक असफलता
जेएफ–१७ थन्डर (ब्लक टु/थ्रि)
पाकिस्तानमा उत्पादन भए पनि चीनको चेङ्दु एयरोस्पेसद्वारा डिजाइन र निर्मित जेएफ–१७ विमान खासमा चिनियाँ एभियोनिक्स, रडार, केएलजे–९३ इन्जिन र हतियारहरूमा निर्भर छ । अपरेशन सिन्दूरमा यी विमानहरूले हवाई श्रेष्ठता हासिल गर्न वा भारतीय आक्रमणहरूको सामना गर्न सकेनन् । सीमित पेलोड, पुरानो रडार र कमजोर क्षमताले भारतीय इलेक्ट्रोनिक युद्ध र हवाई रक्षा प्रणालीको दबाबमा यिनीहरूको कमजोरी छताछुल्ल भयो ।
एफ–१६ फाइटिंग फाल्कन (अमेरिकी)
प्राविधिक रूपमा जेएफ–१७ भन्दा उत्कृष्ट भए पनि, पाकिस्तानका एफ–१६ विमानहरू अमेरिकी अन्तिम–प्रयोगकर्ता सम्झौताहरूले प्रतिबन्धित थिए । यी सम्झौताले भारतविरुद्ध तिनको प्रयोगमा रोक लगाएको थियो । फलस्वरूप, अपरेशन सिन्दूरमा यी विमानहरू प्रयोगहिन भए ।
एचक्यू–९ र एचक्यू–१६ हवाई रक्षा प्रणाली
रूसको एस–३०० र बुक प्रणालीहरूको चिनियाँ नक्कल हो एचक्यू–९ र एचक्यू–१६ हवाई रक्षा प्रणाली । पाकिस्तानले यीनै नक्कल गरिएका प्रणालीलाई भारतीय हवाई र मिसाइल आक्रमण रोक्न तैनाथ गरेको थियो । तर, भारतीय ज्यामिङ प्रणालीहरूको सामु यी असफल भए । ब्रह्मोस मिसाइल र लोइटरिङ ड्रोनहरूले यी प्रणालीहरूलाई सजिलै छलिदिए । यसले यिनका गम्भीर कमजोरीहरू उजागर गर्यो ।
एचक्यू–८० र एफडी–९० हवाई रक्षा
यी रक्षा प्रणालीहरू निकै पुरानो मोडलमा आधारितछन् । चीनमा बनेका यी रक्षा प्रणालीले भारतका कम उचाइमा उड्ने ड्रोन र सटीक हतियारहरूलाई पत्ता लगाउन वा रोक्न सकेनन् । यस्ता कमजोर रक्षा प्रणालीका कारण पाकिस्तानलाई विश्वसनीय प्रत्याक्रमणको सट्टा निष्क्रिय रक्षामा निर्भर हुन बाध्य बनायो ।
सीएच–४ ड्रोन
पाकिस्तानले निगरानी र हल्का प्रहारका लागि व्यापक रूपमा प्रयोग गरेका चिनियाँ सीएच–४ ड्रोनहरू भारतीय डिफोएस प्रणालीले बारम्बार नष्ट वा जाम गर्यो । भारतको प्रभुत्व रहेको भू–भाग र इलेक्ट्रोनिक वातावरणमा यिनले कमजोर प्रदर्शन गरे । ड्रोन सञ्चालनका लागि टर्कीका अपरेटरहरू ल्याउनुपरेको खबरले पाकिस्तानको उपकरण र जनशक्तिमा परनिर्भरता उजागर गर्यो ।
साब २००० हवाई चेतावनी प्रणाली
पाकिस्तानको प्रमुख हवाई प्रारम्भिक चेतावनी र नियन्त्रण प्रणाली थियो साब २००० । यो प्रणाली सम्भवतः भारतको एस–४०० मिसाइल प्रणालीद्वारा नष्ट भयो । यसले पाकिस्तानको हवाई क्षेत्रको जागरूकता कमजोर बनायो र कमान्ड तथा नियन्त्रण कार्यहरूलाई पूर्ण रूपमा प्रभावित गर्यो ।
अभियानको अन्त्यसम्ममा, पाकिस्तानले आफ्ना प्रमुख रडार स्टेशनहरू, मुख्य हवाई चेतावनी विमान, दर्जनौँ ड्रोनहरू र भारतीय हवाई क्षेत्रमा प्रतिस्पर्धा गर्ने क्षमता गुमायो ।
नतिजाः भारतको स्वायत्त शक्ति भर्सेस पाकिस्तानको परनिर्भरता
भारतले एक स्वायत्त शक्तिको रूपमा अपरेशन सिन्दूर लड्यो । भारत आफैँले डिजाइन गरेका, निर्मित र तैनाथ गरेका सटीक हतियारहरू प्रयोग गरेर युद्धक्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्यो । पाकिस्तानले भने एक प्रोक्सी शक्तिको रूपमा लड्यो । पाकिस्तान उत्कृष्टताका लागि नभई व्यापारीक निर्यातका लागि बनाइएका चिनियाँ हार्डवेयरमा निर्भर थियो । चुनौतीको सामना गर्नुपर्दा चिनियाँ प्रणालीहरू असफल भए । यसले इस्लामाबादको रक्षा रणनीतिको खोक्रोपनलाई स्पष्ट रूपमा उजागर गर्यो ।
अपरेशन सिन्दूर केवल एक सैन्य अभियान थिएन । यो भारतको प्राविधिक सामथ्र्यको प्रदर्शन, बजारका लागि संकेत र रणनीतिक आत्मनिर्भरताको खाका थियो । भारतले विश्वलाई देखायो कि आधुनिक युद्धमा आत्मनिर्भरता कस्तो हुन्छ । यो अभियानले “आत्मनिर्भर भारत” सिद्धान्त युद्धको कठिन परिस्थितिमा पनि प्रभावकारी र बलियो छ भन्ने कुरा प्रमाणित गर्यो ।
यो लेख जोन स्पेन्सरको एक्स अकाउन्टबाट नेपाली अनुवाद गरिएको हो ।
https://x.com/spencerguard/status/1927900481248186485?s=46
–जोन स्पेन्सर अमेरिकाको एक पुरस्कार विजेता विद्वान, प्राध्यापक, लेखक, राष्ट्रिय सुरक्षा, सैन्य विश्लेषक, शहरी युद्ध, सैन्य रणनीति, अन्य सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विशेषज्ञ र सल्लाहकार हुन् ।