
काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ७०० रुपैयाँमा झरेको छ। यो मूल्य शुक्रबारको तुलनामा ३ हजार रुपैयाँले कम हो। शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ७०० रुपैयाँ थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। शुक्रबार तोलामा २ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ५ रुपैयाँ घटेर तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।