एकैदिन तोलामा ४२०० रुपैयाँले उकालो लाग्यो सुनकाे मूल्य

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार यसको मूल्य १ लाख ९२ हजार ९ सय रुपैयाँ थियो।

यसैगरी, आज चाँदीको मूल्य पनि वृद्धि भएको छ। तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१