• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो

  • २०८२ असार ३, मङ्गलबार ११:०९

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो ।

यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो ।

  • २०८२ असार ३, मङ्गलबार ११:०९