युद्धग्रस्त क्षेत्र इजरायल पुगेका मेयर नागेश कोइराला स्वदेश फर्किए

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला युद्धग्रस्त इजरायलको भ्रमण सकेर स्वदेश फर्किएका छन्।

अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन इजरायल पुगेका कोइराला त्यहाँको सुरक्षाजन्य कारणले कार्यक्रम स्थगित भए पनि उडान परिवर्तन गर्न नसकेका कारण केही दिन इजरायलमै बस्नुपरेको थियो।

कोइराला जुन १७ देखि १९ सम्म आयोजना हुने भनिएको ‘मुनी वर्ल्ड कन्फरेन्स’ मा भाग लिन इजरायल पुगेका थिए।

तर, इजरायलको जटिल सुरक्षा परिस्थितिका कारण सम्मेलन अन्तिम समयमा स्थगित गरिएको थियो।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१