
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणबारे छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा बनाइएको उच्चस्तरीय छानबिन समितिलाई अस्वीकार गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वापा सांसद स्वर्णिम वाग्लेले छानबिनको जिम्मेवारी पाएका बैरागी नै शंकाको घेरामा रहेको बताए।
‘शंकरदास बैरागी अहिलेका निगाहप्राप्त नेताहरुबाट जेलिएका पात्र हुनुहुन्छ, उहाँ स्वयं शंकाको घेरामा हुनुहुन्छ। शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?’ अगाडि वाग्लेले थपे, ‘गृहमन्त्रीले मेरै प्रस्तावमा छानबिन समितिल बनाएको भन्नुभयो। के अरोपितले नै अब छानबिन समिति बनाउने हो ?’
त्यस्तै, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि छानबिन समिति नेताहरुको निगाहमा बनेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताए। भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी नै रहने उनले बताए।