
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रहरी बलले नेपालले विपद् व्यवस्थापन उद्धारका सामाग्री प्रदर्शन गरेको छ ।
आज बुधबार सुनधारास्थित दरबारमार्गमा रहेको महानगरको कार्यालय परिसरमा विपद् व्यवस्थापनसँग सम्बन्धित उद्धारमा प्रयोग हुने उपकरण ब्रिफिङका लागि प्रदर्शन गरेको छ ।
विपद्का बेला कुन निकायसँग के सामान छ भन्ने थाहा नहुँदा उद्धार गर्न समस्या भएको हुँदा नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेर विपद् परेका बेला कार्य व्यवस्थापन गर्न सजिलो होस् भनेर प्रदर्शन गरिएको महानगरले जनकारी दिएको छ ।
नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधिले प्रदर्शनको अवलोकन गरेको थियो । अवलोकन गर्ने क्रममा महानगरले प्रदर्शन गरिएको सामग्रीको ब्रिफिङ गरेको थियो । यस कार्यक्रमले तीनवटै सुरक्षा संगठन र महानगरबिचमा समन्वय हुने विश्वास महानगरले लिएको छ ।