रास्वपाको हस्ताक्षर अभियानमा कलाकारको लर्को, रविप्रति समर्थन

काठमाडौं । नागरिक अगुवादेखि कलाकारसम्मले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति ऐक्यबद्धता जनाएका छन् । लामिछानेमाथि बढ्दो राजनीतिक प्रहारको विरोधमा ‘जनताको हस्ताक्षर’ अभियान सुरु गरिएको छ ।

उक्त अभियानको समर्थनमा विभिन्न क्षेत्रका चर्चित कलाकारहरू हस्ताक्षर गर्न पुगेका छन् । उनीहरूले लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै ‘रवि लामिछानेमाथि भएको राजनीतिक प्रपञ्चको विरोध’ भन्दै हस्ताक्षर गरेका छन् ।

पत्रकार प्रकाश सुवेदी, गायक खेम सेन्चुरी लगायत रविको तस्वीर अंकित बोर्डसँगै उभिएका देखिन्छन् । बोर्डमा लेखिएको छ, “रवि लामिछानेमाथि भएको राजनीतिक प्रपञ्चविरुद्ध जनताको हस्ताक्षर।”

उनीहरूले जनताबाट चुनिएको जनप्रतिनिधिमाथि नियोजित रूपमा आक्रमण भइरहेको भन्दै जनताले प्रतिकार गर्नुपर्ने धारणा राखेका छन् । अभियानको मूल उद्देश्य रवि लामिछानेमाथि भइरहेका आरोप, आलोचना र राजनीतिक षड्यन्त्रविरुद्ध जनमत जुटाउनु रहेको बताइएको छ ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१