पूर्वमेयर बुद्धिराज बज्राचार्यको ललितपुरमा निधन

काठमाडौं । ललितपुर महानगरपालिका (तत्कालीन उपमहानगर) का पूर्वमेयर तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन भएको छ । साउन २ गते उनको निधन भएको हो ।

ललितपुरको कला संस्कृति र पुर्वाधार विकासमा योगदान गरेका वरिष्ठ राजनीतिज्ञ बज्राचार्य २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा पर्यटनमन्त्री भएका थिए ।

उनी २०५४ सालमा नेकपा एमालेबाट ललितपुर उपमहानगरपालिकाको मेयर निर्वाचित भएका थिए । एमालेबाट ललितपुरको मेयर जित्ने उनी अहिलेसम्म एकमात्र जनप्रतिनिधि थिए ।

२०२७ सालमा नगर पञ्चायतको वडाध्यक्ष भएर राजनीति र समाजसेवामा लागेका बज्राचार्य २०३२ सालमै ललितपुर नगर पञ्चायतको प्रधानपञ्च निर्वाचित भएका थिए ।

२०४६ सालको व्यवस्था परिवर्तनपछि उनी एमालेमा आबद्ध भएर २०६१ सालमा एमा।लेमा रहेका थिए । राजा ज्ञानेन्द्रले उनलाई २०६० सालमा मनोनीत मेयर समेत बनाएका थिए । उनी उद्योग वाणिज्य संघ ललितपुरका अध्यक्ष समेत रहिसकेका व्यक्ति थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१