
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले पदबाट दिएको राजीनामा तत्काल स्वीकृत नहुने भएको छ ।
राष्ट्रपति कार्यालय स्रोतले उनको राजीनामा तत्काल स्वीकृत नहुने बताएको हो । ‘राष्ट्रपतिज्यूबाट तत्काल राजीनामा स्वीकृत नहुने भन्ने कुरा आएको छ । उहाँको राजीनामा दर्ता भएर बसेको छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।
संवैधानिक पदाधिकारीहरूले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले सूचना निकालेपछि पद रिक्त हुने व्यवस्था कानुनमा छ । राजीनामा दिएको सूचना राष्ट्रपति कार्यालयले अहिलेसम्म निकालेको छैन ।