ओलीलाई भीम रावलको झटारो-सुतेको र बिरामी भई काम गरेको समय पनि घटाउने कि ?

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षे उमेर सीमा प्रावधानमा नयाँ तर्क अघि सारेका छन् । ओलिले ७० वर्षे उमेर हदको वहस चलिरहँदा भनेका थिए “म ७० कटे भनिन्छ तर मैले देशका लागि लडेका १४ वर्ष जेलमा बिताएँ, त्यो त घटाउनुपर्छ नि!”

ओलीको यो तर्कप्रति व्यङ्ग्य गर्दै एमालेबाट अलगिएका नेता भीम रावलले कटाक्ष गरेका छन् । उनले भनेका छन्, “यदि ७० वर्षे सीमा हटाउने हो भने ओलीले झ्यालखानामा बिताएको समय मात्र होइन, राजनीतिमा आउनुअघि बिताएको बाल्यकाल, सुतेको समय र विरामी भएको बेलासमेत घटाउनु पर्छ कि?”

रावलले ओलीको “अतृप्त सत्ता मोह” शान्त पार्न आजै केन्द्रिय कमिटी बैठकबाट विशेष कार्यदल गठन गर्न सुझाव दिएका छन् । एमालेभित्रको उमेर बहस अब जेल, निद्रा र बाल्यकालसम्म फैलिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१