निजामती विधेयकमा अनियमितताबारे छानबिन गर्न प्रमुख सचेतकहरूको छानबिन समितिलाई सुझाव

काठमाडौँ। निजामती विधेयकमा भएको भनिएको गडबडीबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई प्रमुख चार राजनीतिक दलका मुख्य र प्रमुख सचेतकहरूले सुझाव दिएका छन् ।

छानबिन समितिले सोमबार नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका प्रमुख श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएको थियो ।

काँग्रेसका प्रमुख सचेतक घिमिरेको डेढ मिनेट जति मात्रै बोले । निजामती विधेयकमा धेरैको चासो रहेको र यो स्वाभाविक भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘तपाईँहरूको निष्कर्ष मान्छौँ ।’

एमालेका मुख्य सचेतक बर्तौलाले गल्ती पत्ता लगाउन समितिलाई सुझाए । उनले भने, ‘निजामती विधेयकमा भएको गडबडी ह्युमन इरर हो कि इन्टेन्सेन हो पत्ता लगाउनुहोस् ।’

काँग्रेसका प्रमुख सचेतक घिमिरे र एमालेका मुख्य सचेतक बर्तौला कुलिङ पिरियड चाहिन्छ वा चाहिँदैन भन्ने विषयमा प्रवेश गरेनन् । माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डे र रास्वपाका प्रमुख सचेतक परियारले भने ‘कुलिङ पिरियड लागू हुन नदिने गरी षडयन्त्र भएको’ दाबी गरेका छन् ।

माओवादी प्रमुख सचेतक पाण्डेले भनेका छन्, ‘यहाँ उच्च पदस्थ कर्मचारीको संलग्नता छ, यो छेडखानी हो । दोषीलाई कडा कारबाहीका लागि सिफारिस समितिबाट होस् ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१