
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
साथै तराई मधेसमा खडेरीका कारण किसान प्रभावित भएकोले उनीहरूलाई विशेष राहत उपलब्ध गराउने विषयमा पनि छलफल भइरहेको बताइएको छ।