• २०८३ जेठ २२
  • 2026 June 05, Friday

छोरी भेट्न गएका प्रजा मृत भेटिए

  • २०८२ साउन ७, बुधबार १३:०१

काठमाडौं।  चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका-९ शक्ति खोर जंगलमा राप्ती नगरपालिका-११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मंगलबार साँझ मृत भेटिएका हुन् ।

गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका-९ शक्ति खोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए ।

प्रजाको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

  • २०८२ साउन ७, बुधबार १३:०१