प्रधानमन्त्रीको आजको विशेष सम्बोधन स्थगित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सम्बोधन अर्को दिन हुने गरी सारिए पनि प्रश्नोत्तर कार्यक्रम भने यथावत् रहेको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिनेछन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१