नाउपामा मेरो हैसियत खाली नाम मात्रै हो : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले आफूलाई पार्टीमा भूमिकाविहीन बनाइएको बताएका छन् । भिडिओ सन्देश जारी गर्दै उनले आफू पार्टीको संरक्षक भए पनि कुनै भूमिकाविहीन बनाएर थन्काइएको बताएका हुन् ।

‘सबै निकासको बाधक म होइन । तपाईँहरुले नै भन्नुहुन्छ म साधारण सदस्य होइन । मलाई संरक्षकमा ल्याएर थन्काइएको छ । होइन भनौंभने म संरक्षक नै हुँ । हुँ भने भूमिकाबिहीनजस्तै छु । तर, एकोहोरो प्रहार ममाथि हुन्छ । यसलाई अनौठो मान्नु पनि पर्दैन,’– उनले भनेका छन् ।

साथै, उनले पार्टीभित्रको समस्या केन्द्रीय समिति बैठकमा राख्न र सामाजिक सञ्जालमा छताछुल्ल नलेख्न आग्रह गरे । उनले भने, ‘म नागरिक उन्मुक्ति पार्टीका साथीहरुलाई भन्छु– हाम्रो पार्टीभित्रको समस्या छ भने बैठकमा प्रस्तुत हुनुस् ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१