रवि राजनीतिमा नयाँ हुन्, सहकारी काण्डमा ठूला दलको संलग्नता छ : डा. सिंह

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका छन् ।

रास्वपा मुख्यालय घण्टीघर पुगेर उनले हस्ताक्षर गरेका हुन् । ३० वर्षदेखि शासन गरेका ठूला दलहरूले नेपाललाई गरिब बनाएको, विदेशी ऋण बोकाएको र जहाँसुकै भ्रष्टाचार रहेको आरोप लगाए ।

तर, रवि लामिछाने राजनीतिमा आएको तीन वर्षमात्र भएको भन्दै सिंहले सहकारीको रकम ठूला दलकै नेताले हिनामिना गरेको जिकिर गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१