दुई मन्त्रीको गाडी ठोक्कियो, प्रधानमन्त्री स्वागतको क्रममा सवारी दुर्घटना

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीको गाडी लम्कीमा एक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतका लागी चिसापानी जाने क्रममा दुई मन्त्रीको गाडी ठोकिएको प्रहरीले जनाएको छ । भौतिक मन्त्री सुरेन्द्र पाल चढेको गाडीलाई कानून मन्त्री हीरा सार्की चढेको गाडीले लम्कीमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सार्की चढेको से. १ झ ३३० र पाल चढेको बा. २ झ १४१९ नम्बरको गाडी ठोक्किएको हो । दुईवटै गाडीमा सवार सबैको अवस्था सामान्य छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१