अध्यक्ष म नै हुँ, अवैध भेलाका निर्णय मान्य हुँदैनन् : रञ्जिता श्रेष्ठ

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधान विपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन् ।

बिहीबार सिंहदरवारमा कृषि समितिको बैठकमा सहभागी भई निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधान विपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने प्रष्ट्याइन् ।

पार्टीको विधानअनुसार आफूले कुनै पनि बैठक नै आह्वान नगरेको भन्दै उनले अहिले पनि आफू पार्टीको अध्यक्षमा कायमै रहेको बताइन् । श्रेष्ठले आफू निरन्तर काममा हिँडिरहेको भन्दै पार्टीको विवादका बारेमा केही थाहा नभएको र कुनै भेला नबोलाएको जिकिर जिकिर गरिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१