
काठमाडौँ । नेकपा एमालेनिकट अनेरास्ववियुले ३२ वर्ष उमेर पुगेका सबै तहका कमिटीका पदाधिकारी र सदस्यहरूलाई सामूहिक बिदा गरेको छ ।
धुलिखेलमा बसेको प्रथम सचिवालय बैठकका निर्णय महासचिव दीपक धामीले सर्कुलरमार्फत सार्वजनिक गर्दै उमेर हद्दको मापदण्ड कार्यान्वयन गर्न ३२ वर्ष पार गरेका मातहत कमिटीका नेतृत्वकर्तालाई ससम्मान बिदा गरिएको जनाएका छन् ।
३२ वर्ष उमेर हद लागु भएपछि निर्वाचित भएको केन्द्रीय कमिटी नेतृत्वले मातहतका प्रदेश र जिल्लामा पनि उमेरहद लागु गर्दै नयाँ संयोजक सहसंयोजक तोकेको छ । ती कमिटीका अधिवेशन भदौ मसान्तभित्र गरिसक्न निर्देशन दिएको छ । मातहत कमिटीमा उमेर हद लागु भएसँगै यसअघिका प्रदेश अध्यक्ष बिदा भएका छन् ।