मुग्लिन–पोखरा मार्गमा ऐना पहरामा बस खस्यो, विवरण आउँदै

काठमाडौँ । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) अशोक थापाका अनुसार घाइते दुई जनाको अवस्था गम्भीर छ भने दुर्घटना स्थलबाट ४  जनाको उद्धार गरिएको छ । ५ जनाको अवस्था सामान्य रहेको थापाले बताए ।

घटनाबारे थप विवरण आउन बाँकी छ । यसअघि ७ भदौ २०८१ मा भारतीय तीर्थयात्री सवार बस ऐना पहराबाट मर्‍याङ्‍दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१