
बुटवल । नेसपा नयाँ शक्तिका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिहीबार भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन्।
भेटका क्रममा वैकल्पिक शक्ति निर्माण, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको अध्यक्ष भट्टराईले बताएका छन्। उनले लामिछानेमाथि सद्भाव रहेको र यही सद्भावका आधारमा भेट्न गएको स्पष्ट पारे।
भट्टराईले अदालतको निर्णयप्रति टिप्पणी नगर्ने जनाउँदै हाल लामिछानेमाथिको अभियोग पुष्टि नभएको बताएका छन्। भट्टराई लुम्बिनी प्रदेशमा आयोजित नेसपाको दुई दिने प्रशिक्षण कार्यक्रममा सहभागी हुन भैरहवा आएका थिए। सोही अवसरमा उनले कारागारमा पुगेर सभापति लामिछानेसँग भेटघाट गरेका हुन्।
यसअघि बाबुरामले रवि लामिछानेको पक्षम भइरहेको हस्ताक्षर अभियानमा सहभागि भइसकेका छन् ।