
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नं. ३ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि ८ जनाले आवेदन दिएका छन् । रास्वपाले उम्मेदवार बन्न चाहनेहरूलाई साउन ७ गतेदेखि २१ गतेभित्र दरखास्त हाल्न आह्वान गरेको थियो ।
रुपन्देहीका पाथवेन्द्र उपाध्याय, जितबहादुर गुप्ता, डा. लेखजंग थापा, ज्ञानु पौडेल, शुलभ खरेल, उमाकुमारी अग्रवाल, बुटवलका मधुप्रसाद अर्याल रचना क्षेत्रीसँगै भक्तपुरका कुशुम महर्जनले उम्मेदवारको लागि आवेदन दिएका छन् ।
श्रावण २३, २४ गतेसम्म यी उम्मेदवारको दाबी विरोध गर्न सकिने र श्रावण २५ गते उम्मेदवारसँग छलफल गर्न सकिने र २६ गते उम्मेदवारीको नामावली सार्वजनिक गरिने बताइएको छ । यस्तै रास्वपाले प्रारारम्भिक निर्वाचन भाद्र १२,१३ गते गर्ने र सही निर्वाचनको आधारमा भाद्र १५ गते उम्मेदवार छनौट गरिने सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिएका छन् । प्राररम्भिक निर्वाचनमा रास्वपाका पार्टीका सदस्य नेता सहभागि हुनेछन् ।