• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

विद्यालय शिक्षक विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित

शिक्षक बढुवाको मापदण्डमा सहमति, तीनवटा आधार तय

  • २०८२ साउन २२, बिहीबार १९:४२

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिबाट विद्यालय शिक्षक विधेयक सम्बन्धी उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरिएको छ।

समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले विधेयकमाथि छलफल गर्दै लामो समयदेखि सहमति नजुटेको शिक्षक बढुवाको विषयमा अन्ततः टुंगो लगाएको हो।

शिक्षक महासंघसँगको असन्तुष्टि र विवादका कारण अन्योलमा परेको बढुवा सम्बन्धी विषयमा अब तीन आधार तय गरिएको छ। समितिका अनुसार, अब विद्यालय शिक्षकहरूको बढुवा आन्तरिक प्रतिस्पर्धाबाट तीनवटा प्रमुख मापदण्डमा मूल्यांकन गरी गरिनेछ— जेष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्य क्षमताको मूल्यांकन।

बैठकपछि समितिका सदस्यहरूले यो सहमति शिक्षण पेशामा निष्पक्षता, दक्षता र प्रतिस्पर्धात्मकता कायम गर्न महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्। अब विधेयक प्रतिनिधि सभामा पेस गरी छलफलपछि पारित गरिने प्रक्रियामा जानेछ।

  • २०८२ साउन २२, बिहीबार १९:४२