
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ३सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५ सयमा कारोवार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । यससँगै आइतवार प्रतितोला २३ सय १० रुपैयाँमा कायम भएको थियो । सोमवार चाँदी तोलामा २३ सय १५ रुपैयाँ कारोबार भएको छ।