
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपसभामुख इन्दिरा रानाविरुद्ध कांग्रेस र एमालेले महाभियोगको लागि सुरु गरेको हस्ताक्षर अभियानप्रति असहमति जनाएका छन् । उनले कांग्रेस र एमालेको यो प्रयासलाई बेमौसमी भनेका छन् ।
उनले भने,‘सत्तारुढ दलहरूले खासगरी एमाले कांग्रेसले बेमौसमी ढंगले जुन उपसभामुखमाथि अविश्वासको आचरणसम्बन्धी जुन प्रस्तावका लागि हस्ताक्षर सुरु गरेपछि यो बेमौसमी भयो, विपक्षी दलहरूलाई विभिन्न ढंगले तर्साउने काम चलिरहेको छ ।
त्यसको अर्को उत्कर्षजस्तो देख्यौं । त्यसबारे छलफल गर्न लागेका हौं।’ उनले विपक्षी दललाई दबाबमा राख्नको लागि सरकारले यसअघिदेखि नै प्रयास गरेको आरोप लगाए । उनले सरकारलाई निरंकुश बाटोमा नहिँड्न चेतावनी दिए ।