राजगढमा वडा अध्यक्ष साहको निधन

सप्तरी । राजगढ गाउँपालिका-५ का वडाध्यक्ष देवेन्द्र साहको ७० वर्षको उमेरमा निधन भएको छ ।

अर्बुद रोगबाट पीडित उनको उपचारका क्रममा चितवनको भरतपुर क्यान्सर अस्पतालमा आज बिहान निधन भएको सोही गाउँपालिकाकी उपाध्यक्ष रेणुदेवी मण्डलले बताइन् ।

जनता समाजवादी पार्टीबाट निर्वाचित उनी तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनका दुई छोरा र तीन छोरी छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१