रुरु क्षेत्र गाउँपालिका फेरी उत्कृष्ट

रुरु क्षेत्र गाउँपालिका गुल्मी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएको छ ।
सेवा प्रवाह, सुशासन प्रवर्द्धनका लगायतका बिभिन्न आधारमा गरिएको मूल्याङ्कन अनुसार रुरु क्षेत्र गाउँपालिका २०८०-८१ सालको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा उत्कृष्ट भएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वमूल्याङ्कनमा उत्कृष्ट भएका ६ वटा पालिकालाई विशेष सम्मान गर्ने भएको छ ।
यही भदौ ६ गते काठमाडौंमा आयोजना हुने कार्यक्रममा रुरु क्षेत्र गाउँपालिकासहित तिलोत्तमा नगरपालिका रुपन्देही, खैरहनी नगरपालिका चितवन, नीलकण्ठ नगरपालिका र बेनीघाट रोराङ्ग गाउँपालिका धादिङ तथा अर्जुनचौपारी गाउँपालिका स्याङ्जा लाई सम्मान गरिने मन्त्रालयको पत्रमा उल्यख छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१