माओवादी र रास्वपा भूमि विधेयकमा सहमत छैनन्

काठमाडौँ । भूमि विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको विधेयकमा माओवादी र रास्वपाले फरक मत राख्ने बताएका हुन् ।

समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुनेछ । माओवादी सांसद रुपा शोशी चौधरी र रास्वपा सांसद अशोक कुमार चौधरीले यो विधेयकमा तप धारणा बनाउन समय माग गरेका थिए ।

तर, समितिले विधेयक पारित गर्ने भएपछि छलफलबाट माओवादी केन्द्र बाहिरिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१