
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गत फागुन महिनादेखि आफू सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले फागुनदेखि सरकार सञ्चालन गर्ने संयन्त्रमा आफू सक्रिय नरहेको बताएका हुन् । वर्गीकृत विज्ञापन
‘फागुन महिनासम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ । सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो । अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु,’ थापाले भने, ‘कांग्रेसको जिम्मेवार पदाधिकारी पनि हुँ । त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु ।’
थापाले सरकारलाई सफल बनाउनको लागि बन्द कोठामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पार्टी सभापति शेरबहादुर देउवासम्मलाई निरन्तर दबाब दिइरहेको पनि बताए ।