• २०८३ असार १४
  • 2026 June 28, Sunday

सिडेनको निर्वाचन:रवि भूषण झाको प्यानल सहित उम्मेदवारी घोषणा,को को छन टीममा (सुचीसहित)

  • २०८२ भदौ ५, बिहीबार २०:००

काठमाडौं । इन्जिनियर रवि भूषण झा ले सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (Center for Democratic Engineers Nepal) को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

उम्मेदवारी घोषणा गर्दै  रवि भूषण झा ले इन्जिनियरहरूको रोजगारी र पेशागत अधिकारलाई प्राथमिकतामा राख्ने, गुणस्तरीय पूर्वाधार र पारदर्शी प्रणालीका लागि सक्रिय आवाज उठाउने प्रतिबद्धता गरेका छन्। साथै, इन्जिनियरलाई नीति निर्माणमा निर्णायक भूमिका दिलाउन, तालिम र प्रविधि मार्फत अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन तथा सुरक्षा र सामाजिक सुरक्षालाई सुनिश्चित गर्न आफ्नो ध्यान केन्द्रित गर्ने जनाएका छन्।

झा को नेतृत्वमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिएको केन्द्रीय समिति प्यानलमा उपाध्यक्ष ई. मदन पुरी,महासचिव ई. सुदर्शन शर्मा,उप-महासचिवः ई. खगेन्द्र अवस्थी,कोषाध्यक्षः ई. सुजित कोइराला सहितको १३ जना केन्द्रिय सदस्यको सुची समेत सार्वजानिक गरेका छन्।

झा का अनुसार, आगामी दिनमा इन्जिनियरहरुको हकहित र पेशागत अधिकार सुनिश्चित गर्न आफ्ना योजनाहरू केहि दिनमा अघि सारिनेछन्।

रवि भूषण झा यसअघि नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्व महासचिव, टाउन डेभलपमेन्ट फन्ड तथा रोड्स बोर्ड नेपालका पूर्व बोर्ड सदस्य समेत रहेका छन्।

 

  • २०८२ भदौ ५, बिहीबार २०:००