
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थली, काठमाडौंमा सचिवालय बैठक जारी रहेको हो ।
बैठकमा समसामयीक राजनैतिक एवं पार्टी गतिविधि हस्ताक्षर अभियान, हुँदै गरेको पार्टी प्रशिक्षण कार्यक्रमहरूबारे, संगठनसम्बन्धि गतिविधिबारे जानकारी र छलफल हुने बताइएको छ ।
त्यस्तै, केन्द्रीय सङ्गठन विभाग, प्रशिक्षण विभाग, अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभागको क्रियाशीलता सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रदेश इन्चार्ज कार्यसम्पादन, रूपन्देही ३ उम्मेदवार छनोट प्रक्रियाअन्तर्गत मूल्याङ्कन विधि, प्रारम्भिक निर्वाचन कार्यविधि २०८२, वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) लगायतको विषयमा छलफल हुने बताइएको छ ।