• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

अर्थमन्त्री पौडेल र चिनियाँ उपमन्त्री लिजुनबीच शिष्टाचारपूर्ण भेटवार्ता

  • २०८२ भदौ १२, बिहीबार १३:०२

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका भन्सार प्रशासनका उपमन्त्री वाङ्ग लिङजुनबीच शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा नेपाल र चीनबीचका भन्सार नाकाहरू व्यवस्थापन, बाढीले क्षति पुर्‍याएको रसुवा नाकाको पुल र सडकको पुनर्निर्माण, विगतमा भएका सहमति अनुसारका सडक पूर्वाधारहरूको स्तरोन्नति, नेपाल चीनबीचको व्यापार, नेपाल र चीनबीच विगतमा भएका सहमतिहरूको कार्यान्वयन लगायतका विषयमा छलफल भएको छ ।

  • २०८२ भदौ १२, बिहीबार १३:०२