
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने आफ्नो प्रस्ताव पास हुने अवस्था नदेखेपछि राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी छन् ।
मन्त्री न्यौपाने सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा जारी विधायन व्यवस्थापन समिति बैठक छोडेर हिँडेकी हुन् । श उमेरहद लागु गर्ने विषयमा कुरा मिलेको छैन । मुख्यसचिवको अनिवार्य अवकाशको समय प्रतिनिधिसभाले पारित गरेभन्दा फरक गरेर जानुपर्ने उनले प्रस्ताव गरेकी थिइन् ।
उनको प्रस्तावलाई सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसले समर्थन जनाए तर विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन नगरेपछि मन्त्री न्यौपाने बैठक छोडेर बाहिरिएकी हुन् । समिति सभापति तुलसीकुमारी दाहालले मन्त्री न्यौपाने समय मागेर समिति बैठकबाट बाहिरिएको जानकारी दिइन् ।
प्रतिनिधि सभाले विधेयक ऐनमा रुपान्तरित भएको वर्ष (५८ वर्ष) मा मुख्यसचिव अवकाश हुने, अर्को वर्ष ५९ र त्यसपछि ६० वर्षमा अवकाशको उमेरहद लागू हुने प्रावधान पास गरेर पठाएको छ । त्यसविपरीत मन्त्री न्यौपानेले आइतबारको समिति बैठकमा विधेयक ऐनमा रुपान्तरित भएको ५९ वर्षमा अवकाश हुने प्रावधान लागु गर्ने प्रस्ताव राखेकी थिइन् ।