सांसद विष्टको आरोप : भिजिट भिसाको आडमा हजारौं नेपाली महिला कुवेतमा बेचिए

काठमाडौँ । राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिब ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले भिजिट भिसामा अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने गरेको देखिएको बताएका हुन् ।

उनले भने, ‘एउटै घरमा बन्धकको रूपमा राखिएको र उद्धारको माग गरिरहेको भन्नेछ । भिजिट भिसाको प्रकरणमा त्यत्रो सङ्ख्यामा महिला बेचिँदा के भएको हो सरकार र गृह मन्त्रालयले यो रोष्ट्रममा आएर सदनलाई जानकारी दिनका लागि माग गर्न चाहन्छु ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१