
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैंका प्रमुख साइतहरू सार्वजनिक गरेको छ ।
समितिका अनुसार विजया दशमीका दिन असोज १६ गते बिहान ११ः५३ बजे टीका लगाउन उत्तम साइत परेको छ । देवी विसर्जन भने सोही दिन बिहान ९ः२३ बजे हुनेछ ।
टीका लगाउँदा लगाइमाग्ने पूर्व दिशातर्फ फर्कनुपर्ने समितिले जनाएको छ ।
यस वर्षको बडादशैं असोज ६ गते घटस्थापनासँग सुरु हुँदैछ । सो दिन बिहान ९ः१३ बजे घटस्थापनाको साइत परेको छ । असोज ७ गते मंगलबार बिहान ९ः५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
असोज १३ गते सोमबार बिहान ७ः१७ बजे फूलपाती तथा श्री तुलजाभवानी यात्रा तोकिएको छ । त्यस्तै, स्थिरासन बिहान ९ः२३ बजे हुनेछ ।