• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

देशभर साढे ६२ लाख सवारीसाधन दर्ता, ५० लाख मोटरसाइकल मात्रै

  • २०८३ जेठ १३, बुधबार १७:११

काठमाडौँ । आर्थिक सर्वेक्षणले देशभर साढे ६२ लाख सवारी साधन दर्ता भएको देखाएको छ । आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म बस, मिनिबस, ट्रक, माइक्रोबस, कार, मोटरसाइकल लगायतका विभिन्न २ लाख ८१ हजार १ सय २१ यातायातका साधन दर्ता भएका छन् । २०८२ फागुनसम्म यस्तो संख्या ६२ लाख ४४ हजार ७ सय २९ पुगेको छ । दर्ता भएका सवारी/यातायातका साधनमध्ये ५० लाख भन्दा बढी मोटरसाइकल रहेका छन् ।

यस्तै,चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७ सय ५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ। यससँगै, हालसम्म (२०८२ फागुनसम्म) ४१ लाख १४ हजार १ सय ८७ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ ।

चालु आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ भने ५ हजार १ सय ६९ थान जडान भएको छ । २०८२ फागुनसम्म ८ लाख ३१ हजार ४९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ८८ हजार ३ सय ४० थान मात्र जडान भएको छ । इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धमा इम्बोस्ड सवारी नम्बर प्लेट जडान सम्बन्धी निर्देशिका, २०७९ स्वीकृत भई कार्यान्वयनमा रहेको छ ।

 

  • २०८३ जेठ १३, बुधबार १७:११