काठमाडौँ । सरकारले नेपालको विकासका लागि अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बोन्ड जारी गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विकासका लागि आवश्यक रकम जुटाउन यस्तो गरिने बताएका हुन् ।
योसँगै, ग्रिन इनर्जी बोन्ड र डायस्पोरा बोन्ड पनि जारी हुने भएको छ ।
