माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले प्रचण्ड सरकारलाई बिश्वाशको मत दिने निर्णय गरेछ। मगलबार बिहानबसेको पार्टीको स्थायी कमिटि बैठकले प्रचण्डलाई शर्त सहित बिश्वाशको मत दिने निर्णय गरेको प्रबक्ता जग्गनाथ खतिवडाले बताए।
प्रचण्डलाई मत दिन समाजवादीले राखेको शर्त भने स्पस्ट हुन् सकेको छैन।
प्रधानमन्त्री प्रचण्डले आज ११ बजे बस्ने संसद बैठकमा बिश्वासको मत लिदैछन। संसदको ठुलो दल नेपाली काँग्रेसको सस्थापन पक्षपनि प्रचण्डलाई बिश्वाशको मत दिने पक्षमा देखिएको छ।
प्रचण्डलाई बिश्वाश को मत दिने नदिने निर्णय गर्न नेपाली काँग्रेसको संसदीय दलको बैठकको जारी छ।
