• २०८३ असार २०
  • 2026 July 04, Saturday

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

  • २०७९ माघ ९, सोमबार ०६:५१

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ। सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो।

‘राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेका छौं,’ पूर्वमहामन्त्री समेत रहेका नेता डा. शशांक कोइरालाले भने। उनका अनुसार व्यक्तिकाे विषयमा भने छलफल भएकाे छैन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने भएको हो। यसअघि सभामुख र उपसभामुखमा पनि कांग्रेसले उम्मेदवार बनाएको थियो।

  • २०७९ माघ ९, सोमबार ०६:५१