• २०८३ असार ११
  • 2026 June 25, Thursday

राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न उपसभापति खड्काको माग

  • २०७९ माघ १५, आइतबार ०४:३६

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्।

आइतबार बिहान ट्वीटरमार्फत्  उपभापति खड्काकले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका हुन् ।  ‘दायाँबायाँ नसोची, नहेरी, निर्वाचन आयोगले फागुन २८ अघि सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संसयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ उनले लेखेका छन् ।

  • २०७९ माघ १५, आइतबार ०४:३६