• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

प्रधानमन्त्रीलाई रास्वपाको दुई दिने अल्टिमेटम

  • २०७९ माघ १९, बिहीबार १४:५८

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक दुई दिनका लागि स्थगित गरिएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अहिलेलाई स्थगित गर्ने निर्णय गरेको हो ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्डले माग सम्बोधन गर्न दुई दिन समय मागेकाले त्यतिबेलासम्म पर्खिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

नागरिकता प्रकरणमा रवि लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री पद गुमाएका थिए । सर्वोच्चको फैसलापछि नेपाली नागरिकता लिएका लामिछानेले पुनः गृह मन्त्रालय पाउनुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पटक पटक भेटेका थिए । तर प्रधानमन्त्रीले रविलाई गृह मन्त्रालय दिन अस्वीकार गरेका थिए ।

रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट फिर्ता आउने चेतावनीसमेत दिएको थियो । वर्तमान मन्त्रिपरिषदमा रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की रहेका छन् ।

 

  • २०७९ माघ १९, बिहीबार १४:५८