मन्दिरबाट मूर्तिसहित गरगहना चोरी

काठमाडौँ । धनुषाको एक मन्दिरबाट मूर्तिसहित गरगहना चोरी भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित प्रसिद्ध राजदेवी मन्दिरबाट शनिवार भगवानको मूर्ति, सुनको मुकुट र गरगहना चोरी भएको हो ।

शनिवार राति करिब १२ बजेको समयमा करिब छ लाख रुपैयाँ बराबरको सामान चोरी भएको मन्दिरका पुजारी धिरज यादवले जानकारी दिए ।
जनकपुर–ढल्केवर सडक खण्डमा पर्ने यस मन्दिरमा पटक पटक चोरी हुँदै आए पनि प्रहरी प्रशासनले गम्भीर नबनेको आरोप लागेको छ ।

यता धनुषाका डिएसपी वेद प्रसाद गौतमले भने चोरीमा संलग्नको खोजतलास गर्न प्रहरी परिचालन नभइसकेको बताए । उनले अभियुक्त छिट्टै पक्राउ पर्ने दाबी गरे ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१