• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनमा मौसममा सुधार आएको जनाएको छ । तर, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज (मंगलबार) हल्का वर्षा हुने सम्भावना रहेको औल्याएको हो ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनसक्ने जनाउँदै विभागले देशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।