सन्दीप लामिछानेबारे पुस २५ गतेपछि मात्र औपचारिक निर्णय : क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुस २५ गते सजाय निर्धारण भएपछि मात्र सन्दीप लामिछानेबारे आफ्नो औपचारिक निर्णय गर्ने भएको छ ।

बिहीबार काठमाडौंमा क्यानद्वारा आयोजित सन् २०२४ को वार्षीक क्यालेन्डर सार्वजनिक कार्यक्रममा क्यानका सचिव पारस खड्काले सन्दीपको सजाय निर्धारण भएपछि मात्र उनको भविष्यलाई लिएर औपचारिक निर्णय लिने जानकारी दिएका हुन् ।

उनले भने,‘हामीले कानुनी परामर्श गरेका थियौं । सन्दीपजीका कानुन व्यवसायीसँग कुराकानी गर्दा क्यानले अहिले आधिकारिक वक्तब्य निकाल्नुभन्दा पहिला पुस २५ गतेसम्म कुरौं भन्ने सल्लाह भयो ।

अध्यक्ष ज्यूसँग पनि त्यही सल्लाह भएको छ । त्यसैले पुस २५ पछि मात्र सन्दिपजीको भविष्यलाई लिएर संघले निर्णय गर्छ ।’ काठमाडौं जिल्ला अदालतले पुस २५ गते मात्र सन्दीपमाथि हुने कैद सजायबारे जानकारी दिंदैछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१