• २०८३ जेठ २२
  • 2026 June 05, Friday

बलिउडः राखी सावन्त पक्राउ पर्ने सम्भावना उच्च

हुलाक सञ्चार

  • २०८० पुस २७, शुक्रबार ०७:१३

मुम्बई । बलिउडकी आइटम गर्ल राखी सावन्त विवादास्पद कलाकारका रुपमा परिचित छिन् । अहिले उनी पूर्वपति आदिल खान दुर्रानीका कारण चर्चामा छिन् । आदिलले केही समयअघि सेशन कोर्ट मुम्बईमा राखीविरुद्ध उजुरी दिएका थिए । उनले आफ्नो केही निजी कुरालाई प्रचार गरेको आरोप लगाएका थिए ।

राखीले आफ्नो ‘सेक्सुअल भिडियो’ लिक गरेको आरोपसमेत लगाएका थिए । आफूमाथि उजुरी परेपछि राखीले कोर्टमा आफूलाई गिरफ्तारी नगर्न माग गर्दै निवेदन दिएकी थिइन् ।

अदालतले केही समयको बहसपछि उनको निवेदनलाई खारेज गरिदिएको छ । उनको निवेदन खारेजीसँगै राखी पक्राउ पर्ने सम्भावना उच्च रहेको छ ।

‘जुन काम राखीले गरेकी थिइन्, त्यो गलत थियो । जसरी उनले आफ्ना पूर्व पतिको भिडियो सर्कुलेट गरिन, त्यो गलत भएको अदालतको ठहर छ ।

राखीमाथि यस किसिमको मुद्धा पहिलेदेखि नै पेन्डिङ छ । यसकारण उनको जमानत याचिका खारेज गरिएको छ । यो मुद्धामा कसैलाई पनि छुट दिनु सही होइन’, सेशन कोर्टका न्यायाधि श्रीकान्त भोसलेले भनेका छन् ।

आदिलले पनि राखीले आफ्नो सेक्सुअल भिडियो सर्कुलेट गर्नु खराब काम भएको बताए ।

उनले यो मामलामा राखीविरुद्ध एफआईआर दर्ता गराएका थिए । उनले सेक्सन ५०० (डिफेमेसन), ३४ (कमन इनटेन्सन), सेक्सन ६७ए (पब्लिसिङ सेक्शुअली एक्स्प्लीसिट मटीरियल इन इलेक्ट्रोनिक फम)मा एफआईआर दर्ता गराएका थिए ।

राखीले यो मामलमा मुम्बई कोर्टमा आफूलाई गिरफ्तार नगर्न निवेदन दिएकी थिइन् ।

जबकी राखीले यो मामलामा हरेक किसिमले प्रहरीलाई सहयोग गरेकी थिइन् ।

न्यायाधिश भोसलेले राखीले जुन डिभाइसको सामाग्री सर्कुलेट गरिन्, त्यो सामान हालसम्म प्रहरीले फेला नपारेको बताएका छन् ।

उनका अनुसार डिभाइस हालसम्म राखीसँगै छ । उनले डिभाइसको कुनै पनि सामाग्री प्रहरीलाई दिएकी छैनन् ।

  • २०८० पुस २७, शुक्रबार ०७:१३