सल्यानमा बस दुर्घटना: १४ जना घाइते

काठमाडौं । सल्यानको बागचौर नगरपालिका वडा नम्बर २ सिङबाङमा बस दुर्घटना भएको छ । दाङबाट रुकुम जाँदै गरेको बस दुर्घटनाहुँदा १४ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर छ ।

बुधबार बिहान पौने ११ बजे दाङ बाट रुकुम जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरूको उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१