• २०८३ जेठ २६
  • 2026 June 09, Tuesday

भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

भक्तपुर । भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् ।

चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ वर्षीया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।

घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको चितुवाले उनीमाथि आक्रमण गरेको थियो ।

उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल र्पुयाइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिए ।