• २०८३ साउन ८
  • 2026 July 24, Friday

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेश गर्दै

  • २०७८ चैत ८, मङ्गलबार ०२:१९

पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै छन् ।

समाजवादी जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वमा रहेको सिंगै दल र अभिनेत्री करिश्मा मानन्धरलगायत आज एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ।

मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीमा अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ।

समाजवादी जनता पार्टीका अध्यक्षसमेत रहेका सिंहको पार्टी नै एमालेमा समाहित हुन लागेको हो।

सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषदमा पनि २०७३ सालमा खानेपानी मन्त्री भएका थिए।

अभिनेत्री मानन्धर पहिले नयाँ शक्ति पार्टीमा सक्रिय थिइन्। उनी पनि आफ्नो समूहसहित एमालेमा प्रवेश गर्न लागेकी हुन्।

 

  • २०७८ चैत ८, मङ्गलबार ०२:१९